Logo

१९ साउन,वीरगञ्ज । पर्सा प्रहरीले हराएका एक व्यक्तिको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा डबरी टोल बस्ने ४५ वर्षका मनोज राउत मेस्तरलाई खोजीका लागि सूचना प्रसारण गरिदिन प्रहरीले आग्रह गरेको हो ।

मनोज राउत असार २७ गतेदेखि सम्पर्क विहिन भएकाले उनकी श्रीमती रिता देवीले दिएको निवेदनको आधारमा उनलाई खोजीका लागि सूचना प्रसारण गरिदिन प्रहरीले अनुरोध गरेको हो ।

 


सम्बन्धित समाचार