Logo

फाइल तस्बिर

२० साउन,चितवन । चितवनमा बाघले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । बिहान घुमफिरमा गएको बेला भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

मुख र हातमा चोट भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।


सम्बन्धित समाचार