Logo

२५ साउन, बारा । बाराको कलैयामा विद्युतीय तार चुडिएर एक प्रहरी गम्भीर घाइते भएका छन् ।

देवताल गाउँपालिका वडा नम्बर ६ निवासी प्रहरी जवान सन्देश यादव घाईते भएका हुन् ।

उनले कलैया वडा नम्बर १ स्थित भरत चोक नजिकै रहेको शौचालय नजिक विहिबार साँझ पौने सात चापाकलमा पानी पिउने क्रममा खुट्टा चिप्लिएर विद्युतीय तार छुन पुगेका थिए ।

पोलको नाङ्गो तारमा हातले छुदा उहाँ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा भएको र थप उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।


सम्बन्धित समाचार