Logo

२६ साउन,वीरगञ्ज । पर्सा प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । भोली आइतबार प्रहरीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गर्न लागेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय पर्साको प्राङगणमा कार्यक्रम सञ्चालन हुने प्रहरी बताउँछ ।

रक्तदान गरी जिवनदान गर्न इच्छुकलाई कार्यक्रममा सहभागीता जनाउन प्रहरीले आग्रह गरेको छ ।


सम्बन्धित समाचार