Logo

२७ साउन, काठमाडौं । छतबाट हामफालेर गम्भिर घाइते भएको एक युवकको मृत्यु भएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर अवस्थित भवनमै रहेको क्याफेको छतबाट हामफालेका युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्य रहेका छन् ।

छैठौं तलाको क्याफे स्थित छतबाट हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उपचारकै क्रममा शनिबार दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी त्रिवि शिक्षण अस्पताल तथा मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त पनि नरहेको प्रहरीले जनाएको छ । उनी एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हामफालेको पाइएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार