Logo

२७ साउन, वीरगञ्ज । रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्याक्ट क्लब अफ युनाईटेड वीरगंजको आठौं र छैठौं पदस्थापन समारोह तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार वीरगञ्जमा संयुक्त रूपमा सम्पन्न भएको छ ।

शनिवार अलखियामठ स्थित होटल वृन्दावनमा भएको कार्यक्रममा वर्ष २०२४/२५ मेट्रोपोलिसका अध्यक्ष दिपु वर्णवाल र युनाइटेडका अध्यक्ष सौरभ वर्णवाल तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।

रोट्याक्टर रेशु अग्रवालले दुवै क्लबका अध्यक्षका सपथ ग्रहण गराएका थिए भने क्लबका अध्यक्षले क्लबका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस क्लबका अध्यक्ष मनोनीत रोहित गुप्ता, उपाध्यक्षमा रामबिनय यादव, सचिवमा आनन्द साह, सह–सचिवमा अञ्जली गर्ग, कोषाध्यक्षमा राधिका दारुका, सदस्यमा मुकेश साह, अमित गुप्ता, अभिषेक गुप्ता, आयुश गुप्ता, धिरज साह, सन्जना सर्राफ लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यस्तै रोट्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जका उपाध्यक्षमा रोशनी भट्टराई, सचीवमा संगम पण्डित, स– सचीवमा खुशी रौनियार, कोषाध्यक्षमा दिलसाद अन्सारी लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यसैगरी रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसमा क्लबको सर्भिस डाइरेक्टरमा बिना प्रजापती, कम्युनिटी सर्भिस डाइरेक्टरमा नकुल गुप्ता, प्रोफेसनल सर्भिस डाइरेक्टरमा सालिनी रौनियार, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा सेख अजुरुदिन, सर्जेन्ट एट आमर्स अप्रुभ सर्राफ रहेका छन् ।

कार्यक्रममा बोल्दै दुवै क्लबका अध्यक्ष बर्णवालले वर्ष २०२४/२५ मा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले सामाजिक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे ।


सम्बन्धित समाचार