Logo

३० साउन,वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिकाको ज्येष्ठ नागरिकहरुको आँखामा देखिएको समस्याको निःशुल्क शल्यक्रिया गरिएको छ ।

गाँउपालिकाको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानीपुरमा भएको चेकजाँचमा भेटिएका मोतियाबिन्दुका विरामीहरुको निःशुल्क अप्रेसन गरिएको हो । पर्सा क्षेत्र नम्बर ३ का समाजसेवी रुपेश पाण्डेको आर्थिक सहयोगमा मानीपुरका ७३ जना आँखा विरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गराइएको हो ।

गाउँपालिकामा बीरगन्ज आँखाको अस्पतालको सहयोगमा विशेषज्ञ चिकित्सकहरुको टोलीले २४७ जनाको आँखा चेकजाँच गरेको थियो । जसमा ७३ जनामा मोतियाबिन्दुको समस्या फेला परेको समाजसेवी पाण्डे बताउँछन् ।
सेवाको भावनाले निःशुल्क आँखा शिविरको आयोजना गरेको समाजसेवी पाण्डेको तर्क छ । यही साता मानीपुरमा आँखा शिविरको आयोजना गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


सम्बन्धित समाचार