Logo

८ असोज,काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले ९ नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ। शनिबार जलेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम बिथोल्न खोजेको भन्दै ५ केन्द्रीय नेतासहित ९ जनालाई स्पष्टीकरण सोधेको हो।

उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्य दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुरलाई स्पष्टीकरण सोधेका हुन्। जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव, सन्तोषकुमार मण्डल, रामजीवन साह र सिंहेश्वर मण्डललाई पनि स्पष्टीकरण साधेको पत्रमा उल्लेख छ ।

पार्टीभित्र गुटबन्दी तथा भाँडभैलो गरेको साथै पार्टीको अहित हुने काम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ ।

 


सम्बन्धित समाचार