Logo

१३ पुष,वीरगञ्ज । पर्सा जिल्लामा सवारी दुर्घटनाको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा साउनदेखि मङ्सिरसम्म ३८१ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा १८ जनाको मृत्यु भएको छ भने ४९८ जना घाइते भएका छन्।

गत आर्थिक वर्ष २०८०÷८१ को १२ महीनामा २३१ वटा दुर्घटनामा २० जनाको मृत्यु र ३४४ जना घाइते भएका थिए। ट्राफिक नियमको पालना गराउन र दुर्घटनामा कमी ल्याउन चालू आवमा ३३६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममा ६६ हजार ६३० जनालाई ट्राफिक नियमबारे सचेत गराइएको छ।

२०७९/८० मा १०७ वटा सवारी दुर्घटनामा २० जनाको मृत्यु र १३७ जना घाइते भएका थिए। त्यस वर्षको तुलनामा पछिल्ला आवहरूमा दुर्घटना, मृत्यु र घाइतेको संख्यामा क्रमिक वृद्धि भएको देखिन्छ। जिल्लामा बढ्दै गएको सवारी दुर्घटनाको संख्या स्थानीय ट्राफिक व्यवस्थापनका लागि चुनौतीपूर्ण बनेको छ।

ट्राफिक प्रहरीका अनुसार, सवारी साधनको बढ्दो संख्यासँगै नियमको उल्लङ्घन, चालकको लापरवाही र सडकको अवस्थाले दुर्घटनामा योगदान पु¥याएको छ। स्थानीय प्रशासनले सवारी साधनहरूको नियमन, जनचेतना विस्तार र ट्राफिक नियमहरूको कडाइका लागि थप पहल आवश्यक रहेको बताएको छ ।


सम्बन्धित समाचार