२४ माघ, वीरगञ्ज । वीरगञ्ज कलेजका विद्यार्थीहरूको भेलाले बीसीपीएल स्टुडेण्ट क्लब गठन गरेका छन् । विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा योगदान पु¥याउने, नेतृत्व क्षमताको विकास गर्नु, तथा समाज सेवामा सक्रिय सहभागिता बढाउने उद्देश्यका साथ क्लबको गठन गरेको हो ।
सुनिता साहको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन गरेको छ । नवगठित क्लबको उपाध्यक्षमा आनन्द साह, महिला उपाध्यक्ष नेहा चौधरी, सचिव मेराज मियाँ, सह–सचिव बिपिन कुमार साह, कोषाध्यक्ष सङ्गम चौधरी, सह–कोषाध्यक्ष नेहा पटेल रहेका छन् । सदस्यहरूमा सोनम पटेल, अञ्जली ठाकुर, सुभाली गुप्ता, पवन साह लगायत रहेका छन् ।
त्यस्तै, बीसीपीएल स्टुडेन्ट क्लबका सल्लाहकारहरूमा कलेजका सहायक प्रमुख रुदल ठाकुर, बीबीएसका कोर्डिनेटर दिपेस दास, अशोक ठाकुर, धनबहादुर थापा, मनिस गौतम, तथा कृष्ण पसवान रहेका छन् ।
स्नातक तथा प्लस–टु तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा बिरगंज कलेजका प्रमुख बिनोद गुप्ताले क्लब गठनप्रति प्रसन्नता व्यक्त गर्दै, क्लबले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नेतृत्व विकास र सामाजिक उत्तरदायित्व बोध गराउन क्लबले महत्वपूर्ण योगदान दिने उल्लेख गरे । नवगठित क्लबले विद्यार्थीहरूको सीप, ज्ञान, र व्यक्तित्व विकासमा सहयोग पु-याउने विश्वास लिइएको छ । क्लबका पदाधिकारीहरूले कलेजभित्र विभिन्न शैक्षिक, सामाजिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छन् ।