![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/05/20230314_122616.jpg?fit=1280%2C668&ssl=1)
३० माघ,धनुषा । सासूको हत्या आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीले ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या आरोपमा उनकै बुहारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ उधा बस्ने ३५ वर्षीया रक्षाकुमारी मण्डल छिन् ।
घरायसी विवादका क्रममा उनीहरुबिच विवाद भएको थियो । विवादले उग्र रुप लिई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीलाई आएको थियो ।
सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले बुहारी रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।