![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-12-at-5.08.25-PM.jpeg?fit=1200%2C628&ssl=1)
३० माघ,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगन्ज १५ भिस्वाबाट दुईलाख १४ हजार पाँचसय साठी मूल्य बराबरको खजुर बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा टोल स्थित राम नरेश साह तेलीको घरमा कोठा भाडामा लिएर बसेका विकाश पटेलले कोठा भित्र बा.प्र.०३–००१ च ३१२३ नम्वरको म्याजिक भ्यानमा लुकाएर राखेको खजुर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।
भारतबाट भन्सार छली लुकाएर ल्याएको म्याजिक भ्यान सहित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको उनले बताए ।