![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-12-at-6.13.52-PM.jpeg?fit=1200%2C628&ssl=1)
३० माघ,वीरगञ्ज । बारा प्रहरीले ४ किलो लागू औषध अफिम जस्तो पदार्थ र ७ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट चार किलो प्रतिबन्धित लागूऔषध अफिम सहित दुईजनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ गजुरी गा.पा.३ नाङगी टोल वस्ने अं.वर्ष २९ को सुन बहादुर थिङ र निजगढ नगरपालिका–१३ डमरपुर वस्ने वर्ष २२ को संजय मोत्तान रहेका छन् । हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा लेगार्डमा प्लाष्टिकको झोलामा झुन्ड्याई र सिट मुनी लुकाएर ल्याएको अफिम सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बारका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।
उनीहरुको साथबाट लागू औषध गाँजा र नगद २० हजार पनि बरामद गरेको छ । अफिम सहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।