१२ फागुन,वीरगञ्ज । मकवानपुर प्रहरीले ४३ ग्राम सुनसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बस्ने ३३ वर्षका जस जोशी चौधरी छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हेटौँडा –१५ रातोमाटेबाट पक्राउ गरेको जनाएको छ ।पूर्व पश्चिम सडकखण्डमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको सवारी रोकेर जाँच गरेको थियो ।
सोही क्रममा ना ५ ख ५१२९ नम्बरको बसमा सवार उनको साथबाट ४३ दशमलब ३८ ग्राम सुन जस्तो देखिने पहेलोँ धातुको पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।बरामद सुनको आजको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैँया रहेको प्रहरीको भनाई छ ।पक्राउ परेकालाई आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

















