
२० फागुन,वीरगञ्ज । बारा प्रहरीले लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले २ किलो ५०० ग्राम लागू औषध अफिम जस्तो पदार्थसहित २ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोटसाईकल चालक चितवन कालिका नगरपालिका वडा नं. ३ बस्ने बर्ष ५० को संचलाल वाईवा, सोही मोटसाईकलको पछाडी सवार मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ४८ क हिरालाल वाईवा रकेका छन् ।
हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको १२५ सीसीको बजाज कम्पनीको डिस्कभर मोटरसाईकललाई इलाका प्रहरी कार्यालय अम्लेखगञ्जमा रोकेर चेक जाँच गर्दा सिटमुनी लुकाएर लगिरहेको २ किलो ५०० ग्राम लागू औषध अफिम जस्तो पदार्थ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बारका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय राज पण्डितले जानकारी दिए ।
अफिम सहित पक्राउ परेका उनीहरुलाई प्रहरीे हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।