Logo

२२ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले सातवटा मदिरा भट्टीबाट चार लाख १३ हजार बराबरको अवैध घरेलु मदिरा नष्ट गरेको छ । बाराको विभिन्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सञ्चालनमा रहेको ७ वटा अबैध मदिरा भट्ठीबाट चार लाख १३ हजार बराबरको अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

बारा प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शको टोलीले आदर्शकोतवाल गाउँपालिका वडा नं.५ टेराकट्टीबाट १४ वटा ड्रममा रहेको ६६ हजार मूल्य बराबरको ११ सय लिटर मदिरा र भट्ट नष्ट गरेको छ । प्रहरी चौकी गंजभवानीपुरले महागढीमाई नगगरपालिका वडा नं.३ र १० मा सञ्चालित भट्टीबाट ४८ हजार मूल्य बराबरको आठसय लिटर, अस्थायी प्रहरी पोष्ट डुमरवानाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.–१४ र १५ बाट एकलाख ८४ हजार मूल्य बराबरको चारसय लिटर तयारी मदिरा सहित र २४ सय लिटर तयारी मदिरा नष्ट गरेको जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी जैतापुरबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ र १८ बाट दुईसय ५० लिटर तयारी र एकहजार पाँचसय लिटर कच्च पदार्थ सहित एक लाख १५ हजार मूल्य बराबरको मदिरा र मदिरा भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

 


सम्बन्धित समाचार