Logo

२८ फागुन, वीरगञ्ज । परोपकारी संस्था उपकार सेवा नेपाल ठोरीको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।

हरेक महिना खाद्यान्न सहयोग गर्दै आएको उपकार सेवा नेपालले फागुन महिनामा पनि ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रममा आश्रीत २३ जनालाई दैनिक उपभोगका लागि दाल, नून खानेतेल, चना, सोयाविन, चामल पिठो, भुजा, चाउचाउ, बिस्कुट सेनेटरी प्याड, डाइपर, फिनाईल साबुन लगायतको दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको हो ।

आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरेको सामाजिक अयिभन्ता प्रकाश थारुले जानकारी दिए । हस्तान्तरण गरिएका सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार