
२ चैत,वीरगञ्ज । रौतहट प्रहरीले अवैध रुपमा चोरी निकासी गर्दै गरेको मदिरा सहितको मोटरसाईकल र दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय राजपुर रौतहटले पाएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ५ जयनगर स्थित सिमा क्षेत्रबाट एकलाख १८ हजार दुईसय मूल्यको मदिरा र मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १८ हजार दुई सय रुपैया बराबरको मदिरा र अन्दाजी एक लाख रुपैया बरावरको वीआर ०५ डी ४३३१ र बी आर ०५ एसी ३३११ नम्बरको मोटरसाईकल दुईवटा मोटरसाईकल सहित दुईजना पक्राउ परेका हुन् ।
प्रहरीले समान मोटरसाईकल सहित भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नं. १९ बस्ने बर्ष २० को संतोष यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको रौतहट प्रहरीले जनाएको छ ।