Logo

२ चैत,वीरगञ्ज । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान्त राज गौतमले बजार अनुगमनलाई प्रभावकारी र सफल बनाउन बहु सरोकारवालाको भुमिका आवश्यक रहेको बताएका छन् । विश्व उपभोक्ता दिवसको अवसरमा आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनु भएको हो ।

उनले उत्पादक र उपभोक्ता दुवै सजग हुन आवश्यक रहेको औल्याउदै मुल्य निर्धारणमा मनोमनी भएकोले त्यसलाई सुधार गर्नुपर्ने बताए । समान खरिद गर्दा गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गर्दै बजारमा उपभोक्तालाई ठगिएमा तत्काल जानकारी गराउन समेत अनुरोध गरे । उद्योग बिभाग वीरगंजकी प्रमुख रिमा साहको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनिल चौरसियाले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताले समान खरिद गर्दा वा उपभोग गर्दा ध्यान दिनुपर्ने सावधानीको विषयमा जानकारी गराउनु भएको थियो ।

उनले स्वास्थयसँग खेलवाड गर्ने उद्योगी तथा उत्पादकलाई हुने कानुनी कारवाही र दण्ड सजायको बारेमा समेत जानकारी गराउनु भएको थियो । उपभोक्ता हकहित संरक्षण मञ्चका पर्सा उपाध्यक्ष अजित भुजेलले बजार अनुगमन पश्चात हुने दण्ड जरिवानालाई पारदर्शी बनाउन सुझाव दिए ।

उनले उपभोक्ता अदालत गठनबारे जानकारी दिदै बजार अनुगमनको क्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्नुपर्नेमा जोड दिए । बिगतमा भएका अनुगमनका क्रममा बिभिन्न शंका उपशंका देखा परेकोले अगामी दिनमा त्यसलाई पारदर्शी तरिकाले अनुगमन हुनुपर्ने बताए ।

कार्यक्रममा कालिकामाई गाँउपालिका उपप्रमुख राजमती देवी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, बरिष्ठ उपाध्यक्ष हरी गौतम, उपाध्यक्ष माधव राजपाल, पोखरीया नगरपालिकाका प्रमुख प्रशासनकिय अधिकृत बिनय श्रीवास्तव, सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी लगायत उपभोक्ता, संचारकर्मीहरुको उपस्थिथि रहेको थियो ।

उद्योग बिभाग वीरगंज पर्सा र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साको संयुक्त आयोजनामा भएको अन्र्तक्रियाको सहजीकरण वाणिज्य, आपूीर्त तथा उपभोत्ता संरक्षण कार्यालय प्रमुख सुनिल चौरसियाले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार