Logo

४ चैत,जनकपुर । धनुषाको सबैला नगरपालिकामा सोमबार यादव चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।

नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका हुन ।भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।मधेस प्रहरीका अनुसार सबैला नगरपालिका संतोष यादव घाइते भएका छन् ।

उनको अवस्थामा गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले बताए । उनको कम्मर मुनि गोली लागेको प्रहरीले जनाएको छ । विवाद उग्ररुप लिएपछि नियन्त्रणमा लिनको लागि गोली चलाइएको प्रहरीको दाबी छ ।घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार