
६ चैत, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान बिहीबारदेखि सुरू हुने भएको छ।
फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरू भएको अभियान रोतहटमा आईपुगेपछि २५ गतेदेखि स्थगित भएको थियो। स्थगित भएको अभियान बिहीबारदेखि सुरू गर्न लागिएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
अभियानका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरु बुधबार सिमरा आईपुग्नेछन् । कनचनकलबाट रौतहटसम्म सम्पन्न गरेर बारा पुगेर स्थगित भएको अभियान भोलिदेखि बाराबाटै सुरू हुने उनले बताए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै बारा आउने नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव एवं मधेस प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवले जानकारी दिए । ‘काठमाडौंमा भएका नेताहरू पनि बेलुकीसम्म बारा पुग्ने र भोलिदेखि अभियान सुरू गर्ने तयारी छ ।’ प्रवत्ता अग्नी सापकोटाले भने।
बारा, पर्सा र चितवनमा अभियान सकेर माओवादी पुनः काठमाडौं फर्कने त्यसको केही दिनमा गण्डक क्षेत्र प्रवेश गर्ने सापकोटाले बताए।