प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुम्पेका छन्।

ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएपछि एमालेको नेतृत्व पोखरेलले सम्हाल्ने भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, एमालेको विधान २०४९ ९संशोधन २०७८० को धारा २१ को उपधारा ९२० अनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले पार्टीको कार्यभार सम्हाल्ने प्रावधान छ। यही प्रावधानअनुसार पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। उनको अनुपस्थितिमा पोखरेलले पार्टीका सबै महत्त्वपूर्ण जिम्मेवारीहरू निभाउनेछन् ।


सम्बन्धित समाचार