Logo

२१ साउन,रौतहट। उखुमा दिइँदै आएको अनुदान हटाउने सरकारको नीतिको विरोधमा रौतहटका उखु किसानहरूले बुधबार कटहरिया नगरपालिका–९ स्थित बाबा बैजूनाथ सुगर एन्ड केमिकल्स मिल्स अगाडि विरोध प्रदर्शन गरेका छन्।

उखु उत्पादक संघ, रौतहटको अगुवाइमा भएको प्रदर्शनमा किसानहरूले टायर बालेर सरकारप्रति आक्रोश पोखेका छन्। उनीहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान यथावत् राख्नुपर्ने, आर्थिक वर्ष २०८२÷८३ का लागि उखुको मूल्य तत्काल तोक्नुपर्ने र पुरानो बाँकी अनुदान रकम पनि तुरुन्तै भुक्तानी गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनपछि आयोजित कोणसभामा किसान नेताहरूले सरकारले आफ्ना मागबारे गम्भीरता नदेखाए आगामी भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा गएर धर्ना सुरु गर्ने चेतावनी दिएका छन्। उनीहरूलाई बाबा बैजूनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले पनि समर्थन जनाउँदै सरकारलाई किसानका जायज मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार