२८ साउन,वीरगञ्ज । सचिप्रेम फाउन्डेशनको आयोजनामा विरगंजको विन्दवासिनी पार्टी प्यालेसमा सम्पन्न ‘मधेश युवा विकास कार्यक्रम’ मा करिब ४०० जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। बारा र पर्साका विभिन्न कलेजहरूबाट सहभागी भएका युवा विद्यार्थीहरूलाई सम्बोधन गर्दै संघीय सांसद डा. अमरेश सिंहले “युवाहरू नै देश परिवर्तनका मुख्य वाहक हुन्” भन्ने धारणा राखे।
कार्यक्रममा सांसद सिंहले अहिलेको अवस्थामा मुलुक आर्थिक र राजनीतिक रूपमा संकटमा रहेको भन्दै युवाहरूको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताए। उनले मधेश प्रदेशलाई संघीय सरकारले नजरअन्दाज गर्दै आएको टिप्पणी गर्दै भने, ूनेपाल कृषि प्रधान देश हो, तर अहिले धानको रोपाइँको समयमा किसानहरू मलको अभावमा छटपटाइरहेका छन्। सरकारले दिनुपर्ने मल नपाएर किसानहरू भारतको बजारबाट महँगोमा मल ल्याउन बाध्य छन्।ू
मधेश प्रदेश सुख्खा प्रभावित क्षेत्र हो। बारम्बार गष्णा गरिए पनि सरकारले कुनै प्रभावकारी राहत योजना कार्यान्वयन गर्न सकेको छैन। मधेशलाई हेर्ने संघीय सरकारको दृष्टिकोण अझै पनि विभेदपूर्ण देखिन्छ। त्यसैले आजको पुस्ताका युवाहरूले अन्याय र विभेद विरुद्ध उठ्न जरुरी छ।ू
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद डा. अमरेश सिंह रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, प्राध्यापक सुस्मा तिवारी, प्रसौनी गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवाल लगायत सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरू अभिलाष गुप्ता, सन्तोष कुशवाहा, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो।

















