प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ भदौ, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करणको मिति घोषणा गरेको छ।

बिहीबार जारी विज्ञप्तिअनुसार, प्रतियोगिता आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ। एनपीएलको दोस्रो संस्करणका लागि खेलाडीहरूको मिनी अक्सन सम्पन्न भइसकेको छ। प्रतियोगितामा जनकपुर बोल्ट्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, र सुदूरपश्चिम रोयल्स गरी कुल आठ वटा टोली को सहभागिता रहनेछ।

पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। क्यानले प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गर्ने जनाएको छ।


सम्बन्धित समाचार