प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

६ भदौ, काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल र निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने प्रमुख कार्यसूची रहेको छ। सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले प्रस्तुत गर्नेछन्।

त्यस्तै, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, र वन तथा वातावरण मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि रहेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी ले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापा ले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसदमा पेश गर्नेछिन्।

यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ पनि समितिमा पठाइयोस् भन्ने प्रस्ताव ल्याउने कार्यसूचीमा समावेश गरिएको छ।


सम्बन्धित समाचार