२५ भदौ,काठमाडौं । जेन–जी आन्दोलनका कारण दुई दिनदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्) पुनः सुचारु गरिएको छ। विमानस्थल सुरक्षा समितिको बुधबार बसेको आपतकालीन बैठकले विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
सोमबार र मंगलबार प्रदर्शनकारीहरूले विमानस्थल क्षेत्रमै प्रदर्शन गरेका कारण सुरक्षा संवेदनशीलता उच्च भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो।
सुरक्षा निकायको सिफारिस र अवस्था विश्लेषणपछि अहिले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारी सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्क गरी मात्र आउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छः
“उडान समयको जानकारी लिई मात्रै विमानस्थल आउजाउ गर्न, साथै आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरिन्छ।”
प्राधिकरणले यात्रुहरूको सुरक्षाका लागि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी समेत दिएको छ।
जेन–जी आन्दोलनले देशभर प्रभाव पारिरहेका बेला अन्तर्राष्ट्रिय आवागमनमा परेको यो अवरोध अहिले हटाइएपछि यात्रु तथा वायुसेवा कम्पनीहरू आंशिक रूपमा राहतमा देखिएका छन्।

















