Logo

२६ भदौ, काठमाडौँ । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले राजधानी उपत्यकामा लागू भएको कर्फ्यू आदेशलाई शुक्रबारसम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा सेनाले नागरिकको धन–जनको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू आदेश लम्ब्याउनुपरेको उल्लेख गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उपत्यकामा निषेधाज्ञा लागू हुनेछ।

त्यसपछि बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म निरन्तर कर्फ्यू रहने सेनाले जनाएको छ।

सुरक्षा निकायहरूले काठमाडौं उपत्यकामा तनावपूर्ण स्थिति देखिन सक्ने आशंकामा विशेष सतर्कता अपनाएका छन्। यस अवधिमा जनतालाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ।


सम्बन्धित समाचार