२९ भदौ, काठमाडौं । नेपालमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यसको जानकारी दिएका हुन् । मुख्य सचिव अर्यालका अनुसार, मृतकहरूमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यस आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरू आन्दोलित भएका थिए। त्यसक्रममा प्रहरीसँग झडप र आगजनीका घटनाहरू भएका थिए, जसका कारण धेरैको मृत्यु भएको हो ।
आगलागी भएको ठाउँहरूमा शव भेटिने क्रम अझै जारी छ। आज बिहान मात्रै चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेका छन्। मृतक सबैको सनाखत हुन बाँकी छ।

















