Logo

८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

करिब ३० मिनेट चलेको यस भेटवार्तामा मुख्यतया जेनजी आन्दोलनले उठाएका माग र मुद्दाहरूमा केन्द्रित भएर छलफल भएको बताइएको छ । भेटमा मेयर बालेन शाहले आन्दोलनको मर्मअनुरूप काम गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको छ । यो भेट औपचारिक कार्यसम्पादनभन्दा पनि अनौपचारिक प्रकृतिको रहेको र यसको मुख्य ध्येय आन्दोलनले उठाएका विषयहरूमाथि विचार विमर्श गर्नु रहेको थियो ।

जवाफमा प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनका मागहरूप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्। उनले आफ्नो सरकारको मुख्य प्राथमिकता निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको स्पष्ट पारेकी छन् । भेटमा प्रधानमन्त्रीको तर्फबाट उनका श्रीमान् दुर्गा सुवेदी र केही सचिवालय सदस्यहरू उपस्थित थिए भने मेयर बालेनको साथमा उनका सहयोगी कुमार बेन थिए ।


सम्बन्धित समाचार