Logo

८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार, संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन्। यसले निर्वाचनका लागि कानुनी बाटो खुला गरेको छ । अध्यादेशको मुख्य उद्देश्य मतदाता नामावली संकलन प्रक्रियालाई थप व्यवस्थित बनाउनु र निर्वाचनको मितिअनुसार योग्य सबै मतदाताहरूलाई समेट्नु रहेको बताइएको छ।


सम्बन्धित समाचार