Logo

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचन लाई लक्षित गरी मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ।

आयोगको आज बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म नाम दर्ता गराउन सकिने निर्णय गरेको छ। यस निर्णयसँगै सरकारले भर्खरै अध्यादेशमार्फत गरेको मतदाता नामावली संकलन नरोकिने व्यवस्था कार्यान्वयनमा आएको छ।

को–कोले भोट हाल्न पाउँछन् ?

आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी नामावली संकलन र अद्यावधिक गरिनेछ। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की को नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ ।

यो निर्वाचनलाई समयमै सम्पन्न गराउनका लागि आयोगले आफ्नो तयारी तीव्र पारेको हो । युवा पुस्ताको जेनजी आन्दोलन पछि बदलिएको राजनीतिक परिस्थितिको बीचमा, १८ वर्ष पुग्न लागेका युवाहरूलाई कात्तिक मसान्तभित्र आफ्नो नाम दर्ता गराउन आयोगले आह्वान गरेको छ।


सम्बन्धित समाचार