९ असोज, काठमाडौं । अन्तरिम सरकार ले आफ्नो कार्यदिशा सार्वजनिक गर्न तयारी तीव्र पारेको छ।
आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक बस्दैछ भने त्यसको लगत्तै साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले गर्न लागेको यो पहिलो औपचारिक राष्ट्रिय सम्बोधन हो ।
सम्बोधनका क्रममा उनले अन्तरिम सरकारका तत्कालका प्राथमिकताहरू र जनतासामु गरेका वाचाहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको यो सरकारले सुशासन र आर्थिक पुनरुत्थानका विषयमा समेत ठोस धारणा राख्ने सम्भावना छ । सम्बोधनको तयारीको नेतृत्व गृहमन्त्री ओमप्रकाश अर्यालले गरिरहेका छन् भने मुख्यसचिवसहित केही सचिवहरू पनि यस कार्यमा संलग्न छन् ।
















