Logo

१० असोज, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् ।

मन्त्री खरेलले आज शुक्रबार अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालयमा गरिएको प्रदर्शनका क्रममा भएको झडपमा धेरै प्रदर्शनकारीहरू घाइते भएका थिए, जसमध्ये केहीको टिचिङ लगायतका अस्पतालमा उपचार भइरहेको छ।

उक्त आन्दोलनमा ७५ जनाको दुःखद निधन भएको थियो भने ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए । सञ्चार मन्त्री खरेलको यो भेटलाई सरकारले आन्दोलनका घाइतेहरूप्रति देखाएको चासो र सद्भावको रूपमा लिइएको छ।

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै