Logo

२५ असोज, काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो उनलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ र आवश्यक स्वास्थ्य परीक्षणहरू भइरहेको छ। चिकित्सकको निगरानीमा रहेर उनलाई नियमित परीक्षण गरिएको जनाइएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले राष्ट्रपति पौडेलको अवस्था स्थीर रहेको जानकारी दिएका छन्। उनले भने, “उहाँको स्वास्थ्य परीक्षण भइरहेको छ र अवस्था सामान्य छ। चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ।”

राष्ट्रपतिलाई के कारणले स्वास्थ्य समस्या देखिएको भन्ने विषयमा अस्पतालले विस्तृत विवरण सार्वजनिक गरेको छैन। यद्यपि उनको अवस्था चिन्ताजनक नरहेको भन्दै चिकित्सकहरूले ढुक्क रहन आग्रह गरेका छन्।


सम्बन्धित समाचार