Logo

२५ पुष, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका तीन जना उच्च अधिकारीहरू (डीआईजी) अनिवार्य अवकाशमा गएका छन् ।

पाँच वर्षे पदावधि पूरा भएका कारण डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ सेवाबाट बिदा भएका हुन् । उनीहरू आफ्नो कार्यकालमा संगठनका विभिन्न महत्वपूर्ण विभाग र कमान्डमा रहेर सक्रिय भूमिका निर्वाह गरेका अधिकृतहरू हुन् ।

अवकाश प्राप्त गर्नेहरूमध्ये २०५४ सालमा सेवा प्रवेश गरेका सुवेदी पछिल्लो समय स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । त्यस्तै, २०५६ को ब्याची रहेका गिरी र नेम्वाङ पनि पदावधिका कारण नै अनिवार्य अवकाशको प्रक्रियामा परेका हुन्। गिरी सशस्त्र प्रहरीको कार्य विभागमा र नेम्वाङ मानव स्रोत विभागमा जिम्मेवारी सम्हालिरहेका थिए । संगठनको नीति र नियमावलीअनुसार तोकिएको पदावधि पूरा भएपछि उनीहरूले शुक्रबारदेखि औपचारिक रूपमा अवकाश पाएका हुन् ।


सम्बन्धित समाचार
भर्खरै