Logo

२५ पुष, काठमाडौं । सरकारी वकिल समूहभित्र ठुलो संख्यामा जिम्मेवारी हेरफेर र नयाँ पदस्थापनको प्रक्रिया अगाडि बढाइएको छ ।

न्याय सेवा आयोगले शुक्रबार उपसचिव वा सो सरहका ४४ जना सरकारी वकिलहरूलाई सरुवा गर्न न्याय परिषद् समक्ष सिफारिस गरेको हो । यो सरुवा कार्यान्वयनमा आएसँगै महान्यायाधिवक्ताको कार्यालय, विभिन्न उच्च सरकारी वकिल कार्यालयहरू र जिल्ला सरकारी वकिल कार्यालयहरूको नेतृत्व तथा कार्यविभाजनमा व्यापक परिवर्तन देखिनेछ ।

सरुवाका अतिरिक्त आयोगले सरकारी वकिल समूहकै प्रथम श्रेणीमा ८ जना अधिकारीहरूलाई बढुवा र पदस्थापनका लागि समेत सिफारिस गरेको छ । जसमा ४ जनालाई ज्येष्ठताका आधारमा र बाँकी ४ जनालाई कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा गर्न लागिएको हो । यो ठुलो स्तरको प्रशासनिक हेरफेरले सरकारी अभियोजन प्रणाली र न्याय सम्पादन प्रक्रियालाई थप चुस्त बनाउने अपेक्षा गरिएको छ ।

नयय_सव_आयगक_मत_२०८२०९२५_गतक_नरणयहर_ge6h1ur


सम्बन्धित समाचार
भर्खरै