Logo

१८ माघ, काठमाडौं । नेपाली बजारमा लगातार कीर्तिमानी उचाइतर्फ उन्मुख भएको सुनको मूल्यमा आइतबार भने ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन सुनको भाउ प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो, जुन ऐतिहासिक उच्च बिन्दुको नजिक थियो ।

बिहीबार एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्यमा आएको यो गिरावटले बजारमा केही राहत महसुस गराएको छ । सुनसँगै चाँदीको भाउमा पनि उच्च गिरावट देखिएको छ। चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले ओरालो लागेर ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ ।


सम्बन्धित समाचार