२४ फागुन, वीरगञ्ज । मधेस प्रदेशको राजनीतिक केन्द्र मानिने पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित दर्ता गरेको छ । अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
चौरसियाले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ को फराकिलो मतान्तरले पराजित गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चौरसियाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दा कांग्रेसका चौधरीले १६ हजार ३ सय ६६ मतमा चित्त बुझाउनु पर्यो ।
निर्वाचनमा मुख्यगरी तीन शक्तिबीच प्रतिस्पर्धा देखिए पनि रामाकान्तले सुरुवाती चरणदेखि नै अग्रता कायम राखेका थिए । यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय तेस्रो स्थानमा खुम्चिएका छन् । पाण्डेयले ११ हजार ९ सय १४ मत प्राप्त गरेका छन् ।

















