२५ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । उक्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ क्षेत्रमा जित निकालेको छ ।
त्यस्तै नेपाली कांग्रेस १७ स्थानमा विजयी हुँदा नेकपा एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले ७ क्षेत्रमा जित निकालेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र एउटा क्षेत्रमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।
त्यस्तै तीनवटा क्षेत्रमा मतगणना जारी छ । जसमा रास्वपा, कांग्रेस र एमालेले १/१ क्षेत्रमा अग्रता लिइरहेका छन् ।
धनुषा–१ को मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । अदालतको आदेश नआउँदासम्मका लागि परिणाम सार्वजनिक नगर्न आयोगले निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजीको रिटमा आज सोमबार पेसी तोकिएकाले आदेश नआउँदासम्म परिणाम सार्वजनिक नगर्न आयोगले निर्देशन दिएको हो ।

















