Logo
पटिहानीको अम्ब्रेला स्ट्रिट नेपालकै पर्यटकीय गन्तव्य स्थल बन्यो

३ मंसिर, चितवन । चितवन पटिहानीका भुवन न्यौपाने पाँच वर्षपछि अष्ट्रेलियाबाट यसपटकको दशैं मान्न नेपाल आए । विदेश जाँदाको पटिहानी र अहिलेको पटिहानीमा आकाश जमिनको फरक पाएको सुनाए । उनले बाल्यकाल बिताएको पटिहानीमा पहिला पर्यटकीय पूर्वाधार निकै कम थिए । सडक थिए, तर कालोपत्रे थिएन । सानोमा फोहोर फाल्ने ठाउँका