५ वैशाख, वीरगञ्ज । वीरगञ्ज लगायत सीमावर्ती क्षेत्रका भन्सार विन्दुहरूमा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरिएको व्यवस्थाविरुद्ध ‘जेन जी पर्सा’ले कडा आपत्ति जनाएको छ । स्थानीय युवाहरूको उक्त समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त व्यवस्था तत्काल खारेज गर्न माग गरेको छ । ‘जेन