Logo

२० असोज, वीरगन्ज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–२२ तीन नम्बर पुल नजिक मोडमा बस दुर्घटना हुँदा कम्तीमा आधा दर्जनको मृत्यु भएको छ । हेटौंडाबाट बिरगंज तर्फ जादै गतेको बागमती प्रदेश ०६ –००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसी दुर्घटना भएको हो । उद्दार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेटौंडा ल्याइदै गरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।


सम्बन्धित समाचार