Logo

पत्रकार सम्मेलनमा राष्टिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ

कास्की । राष्टिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन ।

राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए ।

प्रतियोगिता सफल भएकामा सद्स्य सचिव घिसिङले सबैप्रति आभार व्यक्त गरे । गण्डकीका खेलकुद पत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबले कार्यसम्पादन गरेकोप्रति धन्यवाद व्यक्त गरे । पोखरामा यस अगाडिका प्रतियोगितामा भन्दा मिडिया सेन्टर व्यवस्थित कार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्चमूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।

नेपाल सरकारका युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बन्ननसकेका पूर्वाधार निर्माणमा विशेष ध्यानदिनआग्रह गरे ।उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुदपत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए ।

गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसमा आर्मी च्याम्पियन बन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।


सम्बन्धित समाचार