Logo

१८ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिले बैंक तथा वित्तीय संस्थाविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेको छ । प्रर्दशनमा उत्रिएका उद्योगी व्यवसायीले बैंक आतंक बन्द गर, मनपरी प्रिमियर बन्द गर, उच्च ब्याजदर खारेज गर, तरलता समस्या समाधान गर जस्ता बैंक तथा वित्तीय संस्था र नियमनकारी निकाय राष्ट्र बैंकको विरोध जनाउदै प्ले कार्डहरु लिएका थिए ।

बैंक तथा वित्तिय संस्थाका नीतिका कारण बैंकको सेवा शुल्क, ब्याज उद्योगी व्यवसायीले थेग्नै नसक्ने अवस्थामा पुगेपछि शान्तिपूर्ण खबरदारी भेला आयोजना गरिएको संघले जनाएको छ । बैंकहरुले उद्योग व्यवसाय गर्नका लागि पैसा दिन नसकेको र पुरानो ऋण रकममा पनि विभिन्न बहानाबाजी गरेर सेवा शुल्क लगायतका अतिरिक्त भार थपिदिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताए ।

बैंकहरुका कारण काम गरेर खान नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेको भन्दै श्रेष्ठले भने, ‘आफू मात्रै नाफा कमाउन बैंकहरुले कालोबजारी गरिरहेका छन् । सरकार र नियमकले केही गरेनन् ।’ बैंक ब्याजदरमा शतप्रतिशत वृद्धि, बैंकका विभिन्न सेवा शुल्कमा वृद्धि, लिलामीको धम्की जस्ता कारणबाट उद्योगी व्यवसायीहरु त्रसित भएको उनले बताए ।

 


सम्बन्धित समाचार