Logo

२४ मंसिर, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराईलाई पुनःनियुक्त गरेको छ ।

कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेदेखि लागु हुने गरी चार वर्षका लागि पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले भट्टराईलाई २०७५ पुसमा चार वर्षका लागि नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी पुस १७ गते सकिनु अगाडी नै नियुक्त गरेको हो । यसरी चार दशकको अवधिमा भट्टराईले साढे दुई दशक सिइओकै पदमा रहेर काम गरिसकेका छन् ।

उनले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रमा झण्डै चार दशकको कार्य अनुभव रहेको छ ।

उनीले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष र महालक्ष्मी लाइफमै ४ वर्ष सहित २६ वर्ष भन्दा बढि समय यस क्षेत्रमा कार्य गरेका छन् ।


सम्बन्धित समाचार