Logo

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।आइतबार श्रीराम प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको हो ।

वडाध्यक्ष मनोज कुमार यादवको उपस्थितीमा गठन गरिएको समितिको उपाध्यक्षमा महेन्द्र महतो धानुक,सचिवमा बाबुलाल पासवान,सह सचिवमा धन्नजय ठाकुर हजाम,कोषाध्यक्षमा लक्ष्मी देबी सदस्यहरुमा सम्पत साह,हरिओम प्रसाद गुप्ता,अनिल गुप्ता,जगदिश राम,रामापति देबी,शिव कुमारी देबी लगायत रहेका छन ।

वडा नम्बर ३० मा बिगत १० बर्षदेखि निर्माण भएर अल्पत्र अवस्थामा रहेको खानेपानी टयाँकी सञ्चालन गर्न र ब्यावस्थापन गर्नको लागि समिति गठन गरिएको वडाध्यक्ष यादवले जानकारी दिए। खानेपानी वडामा रहेको हरेक घरघरमा पुरयाउनको लागि लगभग ८० प्रतिशत पाईप जडान गर्ने कार्यसमेत सम्पन्न गरि सकिएको उनले बताए ।

अब केही महिनाभित्रै वडाका जनताहरुले खानेपानी टयाँकीको पानी पाउने बताउदै वडाध्यक्ष यादवले बिगत १० बर्षदेखि खानेपानीको टयाँकी निर्माण भएपनि त्यो सञ्चालनमा नआउदा अल्पत्र अवस्था रहेकोले सञ्चालनमा ल्याउन लागेको बताए ।


सम्बन्धित समाचार