Logo

७ चैत,वीरगञ्ज । बाराको सिम्रौनगढमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको आयोजना सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको आयोजनामा भएको कार्यक्रममा बैकिङ्ग कारोबार सम्बन्धी विषयमा प्रशिक्षण दिईएको हो ।

कार्यात्रमको यद्धघाटन नेपाल राष्ट्र बैंकका मेनेजर नरेश सराफले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई राष्ट्र बैंकका नरेश सर्राफ र प्रभु बैकका शिवनाथ साह र स्टयाण्डर्ड चाटर्ड बैंकका जयप्रका कुमारले वित्तीय साक्षरता सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कार्याक्रम बारा जिल्ल सिम्रौनगढ उद्योग वाणिज्य संघको सभाहलमा गरिएको थियो । साक्षरता कार्यक्रमका प्रमुख अतिथि वाणिज्य संघका अध्यक्ष लालबाबु कुश्वाहा, शिजनाथ साह,जयप्रकाश कुमार, नरेश कुमार सरार्फ, लगायतको सहभागीता रहेको थियो । कार्याक्रम बैंकका निर्देशक अजित रेग्मीलेको अध्यक्षतामा भएको हो ।


सम्बन्धित समाचार