Logo

९ चैत,वीरगञ्ज । जंगली जनावरलाई थापिएको करेन्टमा परि सर्लाहीमा एकजनाको मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको हो ।

गएराति शौचालय जाँदा छिमेकीको मकै बारीमा घेरेर थापिएको विद्युतीय धरापमा परेर महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा जनाएको छ ।
प्रहरी अनुसार मृतक महतोको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।

जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका हुन् ।


सम्बन्धित समाचार