Logo

११ चैत,वीरगञ्ज । उधोग पर्यटन तथा वन मन्त्री रहबर अंसारीले गाउँका शिक्षित व्यक्ति अहिले ठेकेदार भएको बताए। श्री अजिज मिया मा वि धोबनी ले आज आयोजना गरेको कार्यक्रममा उनले शिक्षा को निति परिवर्तन गर्नु भन्दा शिक्षित व्यक्ति को मानसिकता बदल्नु पर्ने बताए ।

गाउँ का शिक्षित व्यक्ति हरु ले आफै सबै जान्ने र अरु कोही व्यक्ति शिक्षा नपाओस् भन्ने मानसिकता को रहेको बताए। वातावरण संरक्षण को सन्दर्भमा मन्त्री अंसारी ले बोटबिरुवा रोपन र त्यसको संरक्षण गर्न हामी सबै को दायित्व रहेको बताए ।

उहाँले पहाडका जनताले बोटबिरुवा रोपी हरियाली बनाउने र तराईमा जनताले बोटबिरुवा काटी बन्जर बनाउने गरेका बताए । बोटबिरुवा बाट अक्सिजन पाउने बारे जानकारी नभएकोले सोबारे जानकारी गराउन दायित्व सबै बालबालिकाहरुको रहेको बताए ।

वडाध्यक्ष मनौवर मियाको अध्यक्षतामा भएको कार्यक्रममा शेख चानद तारा,वाडा अध्यक्ष बन्दु साह ,सलाउदिन अहमद, प्रधानाध्याप्क जितेन्द्र राम,वाइसिएल केन्द्रीय सदस्य सन्तोष पटेल, सरोज पटेल,दुगड गुरुपका अधिकृत सन्तोष यादव, इन्जिनियर रामबाबु पटेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा दुगड गुरुपका अधिकृत सन्तोष यादवले विधालयलाइ ५१ हजार सहयोग गरेका थिए । कार्यक्रम सञ्चालन आरिफ अन्सारीले गरेका थिए भने स्वागत धोबनी गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नावाज हुसेनले गरेका थिए ।


सम्बन्धित समाचार